३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

टीभीएसद्वारा अपाचे आरटीआर १६० फोर भी बाइक अपडेटसहित सार्वजनिक



काठमाडौं– टीभीएस मोटर्सले अपाचे आरटीआर १६० फोर भी बाइक अपडेट सहित सार्वजनिक गरेको छ।

टीभीएसले सो बाइकमा १५९.७ सीसी क्षमताको आयल फ्युल इन्जेक्टेड ४ भल्भ इन्जिन छ। उक्त बाइकले १७.५५ पीएस पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ ।

बाइकमा केही उत्कृष्ट फिचर उपलब्ध गराइएको छ, जसमा सेगमेन्टमा पहिलो ३७ एमएम यूएसडी फोर्क दिइएको छ। साथै बाइकमा राइडिङका लागि स्पोर्ट, अर्बन र रेन गरी तीन मोड उपलब्ध गराइएको छ ।


सो बाइक ३ कलरमा छ। साथै यसमा रेस इन्स्पायर्ड ग्राफिक्स, गोल्डेन फिनिश यूएसडी फोर्क्स, रेड अलोय ह्विल पनि छ। उक्त बाइकको मूल्य १ लाख ४० हजार भारु तोकिएको छ।

  :