माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

हुण्डाईको ईभी आयोनिक–९ सार्वजनिक




काठमाडों– कोेरियन गाडी निर्माता कम्पनी हुण्डाई मोटर्सले आफ्नो इलेक्ट्रिक एसयूभी आयोनिक–९ सार्वजनिक गरेको छ ।

आयोनिक–९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ । यस नयाँ एसयुभीको लम्बाई ५०६० एमएम, चौडाई १९८० एमएम र उचाई १७९० एमएम तथा ह्विलबेश ३१३० एमएम छ ।

हुन्डाईको इजीएमपी आर्किटेक्चरमा आधारित आयोनिक–९ लाई ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । त्यसैले यसलाई ३५० किलोवाट क्षमताको डिसी चार्जरले चार्ज गर्दा १० देखि ८० प्रतिशत पुग्न २४ मिनेट लाग्ने बताइएको छ ।

यस एसयुभीमा प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा इन्फोटेनमेन्टका लागि दुईवटा १२ इन्चको स्क्रिन, मल्टि जोन क्लाइमेट कन्ट्रोल, रूफ माउन्टेड एयर भेन्ट्स, तीनवटै रोमा १०० वाट पावरको युएसवी सी पोर्ट, भेइकल टु लोड फिचर र एउटा १४ स्पिकर वोस सिस्टम सहित ८–स्पीकर साउन्ड सिस्टम लगायतका फिचरहरु छन् ।

  :