माघ ३०, २०८२ बिहीबार | Thu Feb 12 2026

सीएफमोटो ४५० एमटीको डेलिभरी जारी, सहकार्यका लागि कार्यक्रम सम्पन्न




काठमाडौैं– सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले हालसम्म ५० भन्दा बढी एड्भेञ्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी दिईसकेको जनाएको छ ।

आगामी दिनमा अन्य बाइकहरु पनि डेलिभरी गरि कम्पनीले जानकारी दिएको छ । कम्पनीले बाइकधनीहरुका बीचमा एकप्रकारको सहकार्यका लागि हालै सानेपास्थित इन्टरनेशनल क्लबमा एक कार्यक्रममा आयोजना गरेको छ । कम्पनीका अनुसार बाइकधनी, बाइकप्रेमी र कम्पनीबीच एकप्रकारको सहकार्यका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सीएफमोटो एड्भेञ्चर टुरिङ बाइक ४५० एमटी बाइकको अत्याधुनिक डिजाइन, शक्तिशाली परफोमेन्स र सुविधाहरुले रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरुको एक योग्य साथी बन्ने कम्पनीले स्पष्ट पारेको छ ।

  :