२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

सीएफमोटो र जिहोको बाइक र स्कूटरमा सरल र सहज फाइनान्सको सुविधा




काठमाडौं– सीएफमोटो र जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटोको पेट्रोल मोटरसाइकल र जिहोको ईभी स्कूटरको खरिदमा सरल र सहज फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कूटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् ।

हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको कम्पनीले जनाएको छ ।

  :