चैत्र ५, २०८१ मंगलबार | Tue Mar 18 2025

गौरमा ‘बजाज माइलेज च्याम्पियन’, पहिलो भए चौरसिया




काठमाडौं– मधेस प्रदेश अन्तर्गत रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ मा लोकेश कुमार चौरसियाले प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भएका छन् ।

गरुडा चिनी मिल चौरमा आयोेजना गरिएको च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरु आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए ।


चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेश कुमार साह दोश्रो र ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा हासिल गर्न सफल भए ।


इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेका थिए ।

यस माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गरेको छ ।


पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

  :