काठमाडौं– टोयोटा ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन नेपालमा बिक्री शुरु भएको छ । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स प्रालिले यसलाई नेपालमा बिक्री गर्दै आएको छ । यस अगाडिको भन्दा फरक लुक्समा आएको ल्याण्ड क्रुजर प्राडो २५० को एक कार्यक्रमका बीचमा बेद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले सार्वजनिक गरेका हुन् ।
हाल नेपाली बजारमा ल्याण्ड क्रुजर प्राडो एलसी २५० को शुरुवाती मूल्य ३ करोड २० लाख रुपैयाँ र यसको लग्जरी भेरियन्टको मूल्य ३ करोड ७० लाख रुपैयाँ पर्ने बताइएको छ । कम्पनीले एलसी–२५० प्राडो अल राउण्डर र लग्जरी गरी दुई भेरियन्टमा ल्याएको हो ।
नयाँ एलसी–२५० प्राडोमा २५७७ सीसीको फोर सिलिण्डर इन लाइन इन्जिन दिइएको छ । यसको अधिकतम पावर २०४ पीएस रहेको छ ।
नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सीङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटीक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता फिचर छन् ।
टोयोटाले एलसी–२५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफरमुनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ दिइएको छ ।
नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी–२५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।
प्रतिक्रिया