पुस २९, २०८२ मंगलबार | Wed Jan 14 2026

मंसिर २३ देखि २८ सम्म रोयल इनफिल्डको एक्सचेन्ज एण्ड फाइनान्स मेला



काठमाडौं–रोयल इनफिल्डको नेपालको लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले मंसिर २३ देखि २८ सम्म एक्सचेन्ज एण्ड फाइनान्स मेला सञ्चालनमा ल्याएको छ ।

एक्सचेन्ज एण्ड फाइनान्स मेलामा ग्राहकले रोयल इनफिल्ड मोटरसाइकलको खरिद तथा एक्स्चेन्जमा विभिन्न किसिमका सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा अन द स्पट एक्सचेन्ज, स्पट फाइनान्स तथा उत्कृष्ट मूल्याङ्कन जस्ता सुविधा उपलब्ध रहेको छ ।

ग्राहकले आफुसंग भएको कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग रोयल इनफिल्डको नयाँ मोटरसाइकल साट्न सक्नेछन ।

यो एक्सचेन्ज एण्ड फाइनान्स मेला रोयल इनफिल्डको नेपालभर रहेको आधिकारिक शोरूमहरुमा सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ ।

  :