माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नाडाको साधारणसभामा इभीको इकोसिस्टममा सरकारले ध्यान नदिएको गुनासो




काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४८ औं साधारण सभाको उद्घाटन सत्रमा आइतबार विद्युतीय साधनका विषयमा वक्ताहरुले चर्चा गरेका छन ।

साधारणसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिद्युतीय सवारी साधनको इकोसिस्टम तथा अन्य पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए । बिद्युतीय सवारी साधन अहिलेको आवश्यकता हो भन्दै मन्त्री दाहालले अहिले विश्वमा नै यसको चर्चा र छलफल भईरहेको पनि बताए । बिद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री डिस्पोजल गर्ने कुरा सबैका लागि चुनौंती भएको भन्दै मन्त्री दाहालले यसमा अध्ययन गरिरहेको पनि बताए ।


साधारणसभामा नाडा अध्यक्ष करण चौधरीले विद्युतीय सवारी साधनलाई गिजोल्ने काम भइरहेको बताए । इभीको इकोसिस्टममा सरकारले ध्यान नदिएको गुनासो गरे । ‘हामी विद्युतीय सवारी साधन यहीँ परीक्षण गर्न सक्छौं । हामीले गर्ने परीक्षणलाई सरकारले मान्यता दिने कानुनी आधार तयार पार्नुपर्छ, अध्यक्ष चौधरीले भने ।

इकोसिस्टम निर्माणमा व्यवसायीले धेरै लगानी गरेपनि सरकारले भने केही स्थानमा चार्जिङ स्टेशन मात्रै निर्माण गरिदिएको अध्यक्ष चौधरीले बताए । नेपाल बिद्युत प्राधिकरणले चार्जिङ स्टेशन थप गर्ने योजना अगाडि नबढाउँदा आउने दिनमा ईभीको भविष्यमा नै प्रश्न उठेको अध्यक्ष चौधरीको दावी थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘राजश्वमा २० प्रतिशत हाराहारी हिस्सा ओगटेको अटोमोवाइल क्षेत्रलाई थप बलियो बनाउन नीतिगत सहयोग र पूर्वाधार विकासमा सरकारले ध्यान दिनु पर्ने बताए ।

  :