चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

विश्वविख्यात क्रिकेटर ब्रायन लाराले गरे डीपलको ब्याटमा हस्ताक्षर



काठमाडौं– विश्वविख्यात क्रिकेटर ब्रायन लाराले नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवम् डीपल ईभीका ब्राण्ड एम्बेसडर पारस खड्का, नेपालमा डीपलका मालिक बिष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) का क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करिअरका बारेमा कुराकानी गरेका थिए ।

कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उपब्रान्ड हो । ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् । डीपल ईभी नेपालमा लञ्च भएको छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बन्न सफल भएको छ ।

  :