२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डा. कार्कीलाई लुयानको स्कूटर




काठमाडौं– केही दिन अगाडि सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता डा. डेनिला कार्कीलाई लुयानको इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा माइती नेपालकी संस्थापक अनुराधा कोइराला, लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी तथा आयोजक रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले संयुक्त रुपमा स्कुटर हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा अन्य टाइटल विजेता तथा सहभागीहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । आयोजक रिबन इन्टरटेनमेन्टले हरेक बर्ष मिसेस नेपाल वर्ल्ड आयोजना गर्दै आइरहेको छ । विजेता डा. कार्की अब अमेरिकामा हुने मिसेस वर्ल्डको प्रतियोगितामा भाग लिन जाने बताइएको छ ।

  :