२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

नाडा र नाडाका संस्थागत एसोसिएसनबीच वृहत अन्तरक्रिया कार्यक्रम



काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, हेटौंडा अटोमोबाइल्स एसोसिएसन र नाडा संस्थागत एसोसिएसनका पदाधिकारी तथा सदस्यबीचको वृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको वृहत अन्तरक्रियामा अटोमोबाइल्स क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो ।

हेटौंडा अटोमोबाइल्स एसोसिएसनको २४औं वार्षिक साधारण सभाको सन्दर्भमा भएको अन्तर्क्रिया कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोबाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञासाहरु राखेका थिए ।

सो कार्यक्रममा खासगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोबाइल बस्तुहरु, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या लगायतका बिषयमा विस्तृत छलफल भएको थियो ।

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए ।

  :