२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

टेस्लाको मोडल वाई चीनमा सार्वजनिक



काठमाडौं– अमेरिकी ब्राण्ड टेस्लाले आफ्नो बहुप्रतिक्षित बिद्युतीय कार मोडल वाई जुनिपर सार्वजनिक गरेको छ । दुई भेरियन्टमा उपलब्ध यस कारको मुल्य चीनमा ३५ हजार ९५० र ४१ हजार ४०० डलर पर्ने जनाइएको छ ।

चिनियाँ बजारलाई प्राथमिकतामा राखेर कम्पनीले नयाँ कारलाई अमेरिकामा भन्दा पहिले चीनमा सार्वजनिक गरेको हो । टेस्लाको लागि चीन सबैभन्दा ठूलो बजार पनि हो । ४०० भोल्ट आर्किटेक्चरमा निर्मााण गरिएको सो नयाँ कार चीनमा रियर ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ । जसअनुसार, रियर ह्विल ड्राइभ भर्सनमा ६२।. किलोवाट आवरको एलएफपी ब्याट्री तथा २२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सिंगल चार्जमा यसले ५९३ किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । यसैगरी, अर्को फोर–ह्विल ड्राइभ भर्सनमा ७८.४ किलोवाट आवरको एनएमसी ब्याट्री तथा ३३१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको संयुक्त पावर ४४४ एचपी तथा टर्क ४५० एनएम र रेन्ज ७१९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

  :