काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाली बजारमा ल्याउने भएको छ । केही दिन अगाडि भारतमा यो गाडी सार्वजनिक भएसँगै नेपाली ग्राहकहरुमा पनि यसप्रति आकर्षण बढेको हो ।
हुन्डाईको क्रेटा ईभी दुई ओटा ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा सार्वजनिक भएको छ । जसमा क्रमशः १२६ किलोवाट र ९९ किलोवाटको मोटर जडित छ । ११ किलोवाट एसी होम चार्जिङ क्षमताले गाडीलाई केवल ४ घण्टामा पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्रेटा ईभीमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको कम्पनीले जनाएके छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।
प्रतिक्रिया