३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

रोयल इनफिल्डले महा राइड कार्यक्रम सम्पन्न




काठमाडौं ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने क्याम्पेन सफल पार्ने उद्देश्यले रोयल इनफिल्डले महा राइड कार्यक्रम सम्पन्न गरेको छ ।


जनकपुरमा रोयल इनफिल्डको शोरुमबाट सुरु भएको यो राइडमा ६० भन्दा धेरै रोयल इनफिल्ड राइडर बर्दिवासका राइडरहरुलाई समेट्दै सिन्धुली पुगेका हुन् । सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने यस राइडको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले औपचारिक उदघाटन गरेको कार्यक्रमको फ्ल्यागअफ अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए ।

  :