२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नियोको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स बन्न सफल




काठमाडौं– चिनियाँ ईभी नियो ब्राण्ड नेपाल भित्र्याउन आधा दर्जन व्यावसायिक समूहको प्रतिस्पर्धा चले पनि अन्ततः नियोको आधिकारिक बिक्रेता बन्न पारामाउन्ट मोटर्स सफल भएको छ । नियोले अत्याधुनिक प्रविधि र डिजाइन भएका ईभी उत्पादन गर्दै आईरहेको छ।

नियोले विशेषगरी स्मार्ट र प्रिमियम ईभीमा ध्यान केन्द्रित गरेको छ। यसको हेडक्वार्टर, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर, मास प्रोडक्सन प्लान्ट सांघाईमा छ। नियो पहिलो ब्याट्री स्वापिङ प्रविधि प्रयोग गरेर गाडी बनाउने कम्पनी हो । यस कम्पनीले चीनमा हजारौंको संख्यामा ब्याट्री स्वापिङ सेन्टरहरु सञ्चालनमा ल्याएको छ ।

चीन बाहिर बिक्री गर्ने लक्ष्यसहित कम्पनीले फायरफ्लाई ब्राण्डको उत्पादन शुरुवात गरेको छ । नियोले हालसम्म विभिन्न मोडलका ईभी बजारमा ल्याएको छ जसमध्ये नियो ईएस ८, नियो ईएस ६, नियो ईटी ५, नियो ईएल ७ जस्ता मोडल प्रमुख हुन्।

  :