काठमाडौं– टीभीएसको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ स्कुटर जुपीटर नेपाली बजारमा भित्र्याउने अन्तिम तयारी गरेको छ ।
नयाँ जुपीटर स्कुटरको काठमाडौं लगायत देशका विभिन्न भागमा परीक्षण सुरू भईसकेको छ भने चाँडै नै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । केही समय परीक्षणपछि नयाँ स्कुटरको बिक्री सुरू हुने कम्पनीको भनाई छ ।टीभीएसले केही समयअघि पुरानो मोडल जुपीटर ११० को बिक्री बन्द गरेको थियो । अब कम्पनीले ११३ सीसी इन्जिनका साथ नयाँ डिजाइनमा तयार भएको जुपीटर बिक्री सुरू गर्न लागेको हो ।
नयाँ जुपीटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपीटरको फ्रन्ट कनेक्टेड एलइडी डिआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ । यसमा पहिलो पटक ‘फलो मी’ एलइडी डिस्प्ले दिएको छ ।
नयाँ जुपीटरमा ११३ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९।२ एनएम टर्क जेनेरेट गर्छ ।
प्रतिक्रिया