३० फाल्गुन २०८१, शुक्रबार | Sat Mar 15 2025

टाटा कर्भ इभीले बनायो ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड



काठमाडौं– टाटा मोटर्सको नयाँ गाडी कर्भ इभीले भारतको कश्मीरदेखि कन्याकुमारीसम्मको ३ हजार ८२३ किलोमिटरको दुरी ७६ घण्टा ३६ मिनेटमा पार गरेर सबैभन्दा तीव्र गतिमा दुरी पार गर्ने ईभी अर्थात ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड कायम गरेको छ । यो वाहेक कर्भ ईभीले अन्य २० राष्ट्रिय रेकर्ड समेत कायम गरेको छ ।

फेब्रुवरी २५ देखि २८ सम्म टेस्ट ड्राइभका क्रममा कर्भ इभीलाई १६ वटा चार्जिङ स्टेसनमा चार्ज गरिएको थियो। भारतका ८० प्रतिशत राष्ट्रिय राजमार्गमा प्रत्येक ५० किलोमिटरको दूरीमा फास्ट चार्जर राखिएको छ।

कुपे डिजाइनमा तयार पारिएको यो एसयूभी केही दिन अगाडि मात्र टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सार्वजनिक गरेको थियो । टाटा कर्भ ईभीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । यसमा ९८ किलोवाटको मोटर रहेको छ ।

यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । यसको मूल्य टाटा कर्भ ईभीको मूल्य नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

  :