३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

नेपालका विभिन्न ५ स्थानमा हुन्डाईका ‘चार्ज सप’




काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशका विभिन्न ५ स्थानमा चार्जिङ स्टेशनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिने उद्देश्यले ‘चार्ज सप’ निर्माण गरिरहेको छ ।

चार्ज सपमा गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । नेपालमा यो नौलो भएको कम्पनीले जनाएको छ ।
महेन्द्र राजमार्गमा तीन वटा, वीपी राजमार्गमा एउटा र सिद्धार्थ राजमार्गमा एउटा गरि देशभर ५ स्थानमा चार्ज सपको पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चार्ज सपमा गुणस्तरीय चार्जिङ स्टेशनका साथै वर्कसपमा हुने सर्भिस, टुल्स र पार्ट्स तथा वेटिङ लाउन्ज लगायतका विभिन्न सुविधा हुनेछ ।

यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेशनहरू पनि बिस्तार गरिरहेको छ । एसी चार्जिङ स्टेशन हालसम्म ४५ वटा स्थानमा रहेको हुन्डाईको थप ५ स्थानमा एसी चार्जिङ स्टेशन स्थापना भएपछि एसी चार्जिङ स्टेशनको संख्या ५० पुग्ने कम्पनीले जनाएको छ ।

  :