माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

ओमोडा एण्ड जेको नेपाल आएको एक बर्ष पूरा, विशेष अफर घोषणा




काठमाडौं चिनियाँ ब्रान्ड ओमोडा एण्ड जेको नेपाल आएको एक बर्ष पूरा भएको छ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा ओमोडा एण्ड जेको भित्र्याएको हो ।

कम्पनीले एक वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले ओमोडा र जेकोका ८५० ईभी नेपालमा बिक्री भएको जानकारी दिएका छन् । उनले ओमोडा एन्ड जेको छोटो समयमै नेपाली ग्राहकको मन जित्न सफल भएको बताए।

कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।


ओमोडा एन्ड जेकोले नेपाली बजारमा ८०० युनिटभन्दा बढी बिक्री गरेको कम्पनीले जनाएको छ। कम्पनीले जेको जे ५ र जेको भी २३ नेपालमा छिट्टै सार्वजनिक गर्ने पनि जनाएको छ।

कम्पनीले नयाँ ग्राहकका लागि वार्षिकोत्सव विशेष अफर पनि घोषणा गरेको छ। अफर अन्तर्गत ५५ लाख ९९ हजारबाट सुरू हुने ओमोडा एन्ड जेकोका गाडीमा ग्राहकले ५ लाख १५ हजारसम्म छुट पाउनेछन्। यस्तै १ वर्षको निस्शुल्क बीमा, एक वर्षको सडक कर निस्शुल्क र ७ किलोवाटको चार्जर निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

  :