फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

२० प्रतिशत डाउन पेमेन्टमा नै ‘जिकर एक्स’ एसयूभी




काठमाडौं– चिनियाँ कम्पनी जिली ग्रुपको प्रिमियम न्यू इनर्जी ब्राण्ड जिकरको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले २० प्रतिशत डाउन पेमेन्टमा नै ‘जिकर एक्स’ एसयूभी किन्न सकिने स्कीम सार्वजनिक गरेको हो । यसका लागि ८.०५ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाइने पनि कम्पनीले जनाएको छ ।


जिकर एक्स विभिन्न फिचरहरुले भरिपूर्ण कार हो । साथै, यसको रियर ह्वील ड्राइभमा २०० किलोवाटको इलेक्ट्रिक मोटर छ । जिकर एक्समा ६६ किलोवाट आवर लिथियम आयोन ब्याट्री दिएको छ । यसले ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

निकै स्मार्ट हेडरेष्ट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध कारमा दुई कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ।

  :