मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

महिन्द्राले एसएमएल इसुजुको ५८.९६ सेयर किन्ने



काठमाडौं । भारतीय अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसएमएल इसुजु लिमिटेडको ५८.९६ प्रतिशत स्वामित्व खरिद गर्न लागेको छ ।


महिन्द्रा एन्ड महिन्द्राले संस्थापक सेयरमध्ये एक सुमितोमो कर्पोरेसनबाट एसएमएलको ६३ लाख ६२ हजार कित्ता सेयर खरिद गर्नेछ । प्रतिकित्ता ६५० भारुमा एसएमएलको सेयर खरिद गर्ने बताइएको छ । यसको कुल रकम चार अर्ब १३ करोड ५५ लाख भारु बराबर हुनेछ । महिन्द्राले ३.५ टनभन्दा बढी तौल क्षमता भएका व्यावसायिक सवारीसाधन (सीभी) को बजारमा आफ्नो उपस्थिति मजबुत बनाउनका लागि यो टेकओभर गर्न लागेको बताएको छ।

जहाँ आज महिन्द्रा एन्ड महिन्द्राको ३ प्रतिशत बजार हिस्सा छ । जबकि ३।५ टन एससीभी खण्डमा ५२ प्रतिशत बजार हिस्सा छ । यस अधिग्रहणले बजार हिस्सा दोब्बर गरी ६ प्रतिशत बनाउनेछ ।

जसलाई आउँदो सन् २०३१ सम्म १० देखि १२ प्रतिशत र सन् २०३६ सम्ममा २० प्रतिशत पुर्‍याउने योजना रहेको महिन्द्रा समूहका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनिश शाहले जानकारी दिए ।

“एसएमएल इसुजुको अधिग्रहणले हाम्रा उदीयमान व्यवसायमा पाँचगुणा वृद्धि हासिल गर्ने महिन्द्रा समूहको दृष्टिकोणमा एउटा महत्त्वपूर्ण कोसेढुंगा हुनेछ,” उनले भने “यो हाम्रो पुँजी विनियोजन रणनीतिसँग पूर्णरूपमा मेल खान्छ, जहाँ हामी उच्च सम्भाव्य क्षेत्रमा लगानी गर्छौं, जसले बलियो प्रदर्शन र जित्ने स्पष्ट अवसर प्रदर्शन गर्दछ,” उनले भने ।

  :