काठमाडौं– नेपाली उपभोक्ताहरुको बीचमा बिद्युतीय सवारी साधनको पहुँच वृद्धिका लागि हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका बिद्युतीय सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ ।
जेठ ५ गतेदेखि १४ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकले विभिन्न सुविधा पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले हुन्डाई ईभीमा बीमा र सडक करसमेत निःशुल्क पाउने छन् । साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकले आफूसँग भएका जुनसुकै गाडी पनि हुन्डाईका ईभीसँग साट्न सक्ने सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
यो अफरमा आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन ग्राहकहरुलाई कम्पनीले आग्रह समेत गरेको छ ।









प्रतिक्रिया