फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

हुन्डाईका ईभी खरिदमा विशेष छूटको घोषणा




काठमाडौं– नेपाली उपभोक्ताहरुको बीचमा बिद्युतीय सवारी साधनको पहुँच वृद्धिका लागि हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका बिद्युतीय सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ ।

जेठ ५ गतेदेखि १४ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकले विभिन्न सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले हुन्डाई ईभीमा बीमा र सडक करसमेत निःशुल्क पाउने छन् । साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकले आफूसँग भएका जुनसुकै गाडी पनि हुन्डाईका ईभीसँग साट्न सक्ने सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफरमा आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन ग्राहकहरुलाई कम्पनीले आग्रह समेत गरेको छ ।

  :