मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चर्चित अभिनेत्री राईको छनोट ओमोडा ई–फाइभ




काठमाडौं– ‘लुट २’ लगायतका फिल्ममार्फत चर्चामा आएकी अभिनेत्री तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ ईभी छनोट गरेकी छिन् । विद्युतीय सवारीको यात्रामा पहिलो पाइला चालेकी राईले स्टाइलिस र जीवनशैलीसँग मेल खाने यो मोडेल रोजेकी हुन ।


ओमोडा ई–फाइभ लक्जरी र डिलक्स गरी दुई संस्करणमा उपलब्ध छ । एक पटक चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस गाडीले ० देखि १०० किमि प्रतिघण्टा ७.६ सेकेन्डमा पुग्न सक्छ भने अधिकतम गति १७२ किमि प्रतिघण्टा रहेको छ ।

यसमा समावेश प्रविधि, सुरक्षाका अत्याधुनिक फिचरहरू र आकर्षक डिजाइनका कारण ओमोडा ई–फाइभ अहिलेका स्मार्ट र सचेत ग्राहकहरूका लागि उपयुक्त विकल्प बन्दै गएको नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जनाएको छ ।

इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर परीक्षण ड्राइभ लिन पनि कम्पनीले आमन्त्रण गरेको छ ।

  :