काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालले संखुवासभाको धर्मादेवी नगरपालिकास्थित मुढे र धनकुटा जिल्लाकोे पाख्रिवासमा सञ्चालन गरेको शिविरमा १ हजार ६ सय जनाको क्यान्सर स्क्रिनिङ गरेको छ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।
समुदायमै पुगेर क्यान्सरको जोखिम पत्ता लगाउने र समयमै उपचारको व्यवस्था गर्ने उद्देश्यले यी शिविरहरू सञ्चालन गरिएको हो, उनले भने।









प्रतिक्रिया