मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

पहिलो पटक तातोपानी नाका हुँदै हेलिकोप्टर आयात




काठमाडौं– पहिलो पटक चिनियाँ नाका तातोपानी भएर नेपालमा हेलिकोप्टर आयात भएको छ । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर सडकमार्ग हुँदै हेलिकोप्टर तातोपानी ल्याएको हो ।

उक्त हेलिकोप्टर बुधबार तातोपानी भन्सार यार्डमा आईपुगेको थियो । अब भन्सार जाँचपास प्रक्रिया पूरा गरेर हेलिकोप्टर काठमाडौं पठाइने बताइएको छ ।

माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् । उक्त हेलिकोप्टर तातोपानीबाट भने उडाएर काठमाडौं ल्याइने छ ।

  :