माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा, विजेता बने शालिक



काठमाडौं– नेपालमा एथर इनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा जेड लाइभ गिभअवेको लक्की ड्रमार्फत विजेता घोषणा गरेकोे छ । गत साउन २१ देखि २६ गतेसम्म आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’अभियानमा सहभागी मध्येबाट विजेता बनेका शालिकराम कँडेलले रिज्टा स्कुटर पाएका छन् ।


सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको प्रमुख मोडल हो । यो दुई ब्याट्री अप्सन २.९ किलोवाट आवर र ३.७ किलोबाट आवरमा उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा अधिकतम १६० किलोमिटरसम्मको रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ ।

एथर रिज्टाको टप स्पीड प्रतिघण्टा ८० किलोमिटर छ । नेपालमा एथरका स्कुटर वैद्यज इनर्जीले बिक्री गर्दै आएको छ । बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राखेको वैद्यज इनर्जीले नेपालमा ८ वटा एक्सपिरियन्स सेन्टर, १ विशेष टेस्ट राइड जोन, ७ भन्दा बढी सर्भिस सेन्टर र २३ं एथर ग्रिड फास्ट चार्जिङ स्टेशन स्थापना गरिसकेको जनाएको छ ।

  :