मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

दुई पाङ्ग्रे सवारी साधन भाडा सेवा सुरु गर्दै ज्याप ईभीले



काठमाडौं–ज्याप ईभीले चाँडै नै नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन भाडा सेवा सुरु गर्ने भएको छ । यसका लागि आजदेखि प्रयोगकर्ताहरूले सदस्यताका लागि दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।

भदौ १ गतेदेखि इच्छुक प्रयोगकर्ताहरूले ज्यापको आधिकारिक वेबसाइटमा गई आफ्नो केवाइसी विवरण पूरा गरेर सेवाको लागि प्रारम्भिक पहुँच प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ यो सेवा सेप्टेम्बरको मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसले विशेष गरी विद्यार्थी र दैनिक यात्रुहरूका लागि सस्तो र पर्यावरण(मैत्री यातायातको विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।

ज्याप ईभीका प्रबन्ध निर्देशक सुदीप रौनियारले यो केवल एक भाडा सेवा मात्र होइन, यो सर्वसाधारणका लागि सस्तो सवारी साधनको पहुँच सहज बनाउने एक माध्यम भएको बताए ।


यसैगरी ज्याप ईभीले ब्याट्री स्वापिङको नवीन अवधारणा प्रस्तुत गरेको छ । एक पटकको चार्जमा ६० किलोमिटर चल्ने स्कुटरको ब्याट्री सकिएपछि ५ मिनेटभन्दा कम समयमा तोकिएको स्टेसनमा अर्को चार्ज भएको ब्याट्री फेर्न सकिनेछ। कम्पनीले सुरुमा काठमाडौंका ३० स्थानमा यस्ता चार्जिङ स्टेसन राख्नेछ, जुन गिग वर्करहरूको आवतजावत हुने चिया पसल तथा खाजा घरहरूमा राखिनेछ। सेवा लिनका लागि एक पटक मात्र धरौटी राख्नुपर्नेछ जुन फिर्ता हुने पनि कम्पनीले जनाएको छ ।

  :