मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

सांसद थापा भन्छन्– जेलमा ससुराली जस्तो मेजमानी गर्न पाइदैंन



काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित ‘जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने’ बताएका छन् ।

उनले सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने–जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि, त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि, तिनीहरू चोर हुने, अहिले ठगैचाहिँ असल हुने ?

कांग्रेस र एमालेलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू हाल विकास भएको भन्दै सांसद थापाले नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व ‘पानीमाथिको ओभानो नरहेको टिप्पणी समेत गरे ।

  :