काठमाडौं – आगामी दशैमा नेपालभर याडियाको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर ओविन उपलब्ध हुने भएको छ ।
याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले दशैंमा याडिया ओविन ल्याउने घोषणा गरेको हो । कम्पनीका अनुसार आधुनिक प्रविधि र आकर्षक डिजाइनको संगम भएको यो रेट्रो–मोडर्न इलेक्ट्रिक स्कुटरले नेपाली सहरका सडकमा नयाँ अनुभव दिने छ ।
इटालियन प्रेरित स्टाइलिङमा बनेको ओविनले याडियाको विश्वस्तरीय विश्वासिलो प्रविधि प्रस्तुत गरेको छ । सहर भित्र सहज र वातावरणमैत्री यात्राको लागि यो स्कुटरमा शक्तिशाली २८०० वाट पिकमोटर, ७२ भोल्ट ३० एएच ब्याट्री र एक पटक चार्जमा अधिकतम १०५ किमीको रेन्ज उपलब्ध भएको कम्पनीले जनाएको छ ।
प्रत्येक याडिया उत्पादन झैं, ओविनसँग पनि ३ वर्ष वा ५० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया