काठमाडौं । सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘दशैंं तिहार जिहो जिन्दगीको बहार’ अफर ल्याएको छ ।
अफर अन्तर्गत ग्राहकले जिहो एई६ प्लस, एई४ र एई८ मोडलको नगद खरिद गर्दा ग्राहकहरुले ३० हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी, एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार थप मूल्यांकन, शून्य प्रतिशत फाइनानस सुविधा पाउने छन् । साथै, बम्पर उपहारमा एकजना भाग्यशाली बिजेताले इण्डोनेशियाको बाली भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ ।
बिक्रीपछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।









प्रतिक्रिया