७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

टाटा जेन्युइन पार्ट्स मेलामा १५० सीसीको पल्सर जित्ने अवसर



काठमाडौं–दशैंमा सफलता पछि तिहार र छठ पर्वलाई लक्षित गर्दै सिप्रदी अटोपार्टस प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ ।


यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा बम्पर उपहार र क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । ग्राहकले टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

विजेता हुनसके बजाज पल्सर १५० सीसी जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ। अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक समेत जित्नसक्ने कम्पनीले जनाएको छ।

लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरूमा १ लाख रुपैयाँमाथिको खरिदमा बजाज पल्सर १५० सीसी (बम्पर उपहार), ७५ हजारमाथिको खरिदमा टीभीएस स्कुटर ९१२५ सीसी०, २५ हजारमाथिको खरिदमा स्मार्ट टिभी तथा ५ हजारमाथिको खरिदमा स्मार्टफोन जित्न सकिनेछ।

साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

  :