मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

हिरोको महामेला कात्तिक २४ देखि भृकुटीमण्डपमा



काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले कात्तिक २४ गते २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक एक्सचेन्जका साथै सर्भिस मेला आयोजना गर्ने भएको छ ।

सम्भवत यो नेपालमै पहिलो पटक भृकुटीमण्डपमा एकैसाथ सर्भिस एक्सचेन्ज मेला आयोजना हुन लागेको हो । यो महामेलामा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नेले न्यूनतम मूल्यांकन २५ हजार र थप मूल्यांकन, नगद छुट १ लाख रुपैयाँसम्म पाउने छन् ।


साथै, हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले हलमेट, बाइक कभर र ग्लोभ्स पाउने छन् । महामेलामा सर्भिस गराउँदा स्पेयर पार्टस र इन्जिन आयलमा १५ प्रतिशतको छुट पाउने छन् । यो अवधिमा ५० प्रतिशत लेबर चार्ज छुट दिने कम्पनीले जनाएको छ । यसमा निःशुल्क इन्जेक्टर क्लिनिङ र निःशुल्क वासिङ सुविधा उपलब्ध हुनेछ । यो अवधिभर सहभागी मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।

  :