मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नक्सालमा बजाज चेतकको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”



काठमाडौं–ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” विशेष कार्यक्रम आयोजना गरेको छ ।

कात्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा यो क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्पमा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।

’ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ ”, गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ।

बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ, जसले दक्षता र आत्मविश्वासलाई संयोजन गर्दछ ।

  :