काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले सञ्चालनमा ल्याएको बालाजुस्थित भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरमा आजदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको छ ।
ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
सर्भिस सेन्टरको उद्घाटन गर्दै डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गरेको भन्दै यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हामीले व्यक्त गर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको बताए ।
आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित सो नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डायग्नोस्टिक सेवा तथा जेन्युइन स्पेयर पाटर््स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको पनि कम्पनीले जनाएको छ ।









प्रतिक्रिया