काठमाडौं । यामाहा नेपालले यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गत बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको शुभारम्भ गरेको छ ।
बाइकर्ज बुटवल प्रालिले सञ्चालनमा ल्याएको यो शोरुम लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल उपस्थितिलाई थप सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोनका रूपमा रहेको कम्पनीले जनाएको छ । यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवा प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल विशेष अतिथि थिए ।
कार्यक्रममा यामाहा मोटर इन्डिया सेल्स प्रालिका जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ । शोरूममा यामाहाको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) पूर्वाधार उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा प्रदान गर्नेछ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले गुणस्तरीय आफ्टर सेल्स सेवा सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।






प्रतिक्रिया