काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा नयाँ वर्ष अफर सार्वजनिक गर्दै “नयाँ वर्षमा चार्ज गर, मुस्कान भर अभियान शुरु गरेको छ ।
नयाँ वर्ष अभियानअन्तर्गत ग्यारो डीटी ५३ खरिद गर्ने ग्राहकहरूले विद्युतीय सवारीलाई अझै किफायती, सहज र मुस्कानपूर्ण बनाउने आकर्षक लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
जसअन्तर्गत, नगद खरिदमा १५ हजार छुट र कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकनमध्ये कुनै एक विकल्प छान्न पाइने पनि कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, हरेक खरिदमा निःशुल्क हेलमेट, निःशुल्क विन्टर ज्याकेट, आकर्षक फाइनान्स सुविधा समेत पाइनेछ ।
एक पटक चार्ज गर्दा अधिकतम २५० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरिएको यस स्कुटर हाल नेपालमा उपलब्ध सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक स्कुटरका रुपमा परिचित छ । अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधियुक्त डीटी ५३ दैनिक यात्रा तथा लामो दूरीका यात्राका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
“नयाँ वर्षमा चार्ज गर, मुस्कान भर अभियानमार्फत हामी ग्राहकहरूलाई बचत, सन्तुष्टि र वातावरणमैत्री यात्राको अनुभव दिलाउन चाहन्छौं,” ग्यारोका प्रवक्ताले भने । अफर सीमित अवधिका लागि मात्र नेपालभरका सबै आधिकारिक ग्यारो शोरुमहरूमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।








प्रतिक्रिया