फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

नयाँ फिचरसहितको बजाज पल्सर २२० एफ नेपाली बजारमा



काठमाडौं । बजाज पल्सर २२०एफ अब नयाँ फिचर सहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फुल डिजिटल कन्सोल, फ्यल इन्जेक्सन प्रविधि, एबीएस र नयाँ आकर्षक ग्राफिक्स लगायतका विभिन्न फिचर थप गरिएको मोटरसाइकल उपलब्ध गराएको हो ।

बाइकमा देखिने सबैभन्दा आकर्षक फिचर यसको कलर हो । यो पहिले भन्दा थप आकर्षक ग्राफिक्स सहित उपलब्ध छ । पहिले झैं उही सेमी–फेयर्ड डिजाइनमा आएको सो नयाँ संस्करणको बाइक गोल्डल एक्सेन्टसहित ब्ल्याक र ओरेन्ज हाइलाइट सहितको गाढा हरियो शेडमा उपलब्ध रहेको छ ।

यसमा भएको फुल डिजिटल कन्सोलले पनि यो पहिले भन्दा फरक छ भन्ने देखाउछ । यसमा ब्लुटुथ कनेक्टिभिटी, स्प्लिट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एक्सेप्ट र रिजेक्ट जस्ता डिजिटल सुविधा रहेका छन् ।
यसमा नयाँ बीएस६ मापदण्डयुक्त २२० सीसीको फोर स्ट्रोक डीटीएस–आई, आयल–कुल्ड सिंगल सिलिन्डर इन्जिन छ, जसले २१ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।


पल्सर २२० एफमा कम्पनीले पहिलो पटक फुल एलईडी हेडलाइट दिएको हो । यसमा साइड इन्डिकेटर्स पनि स्ट्याण्डर्ड नयाँ एलईडी छ । एलईडीका कारण रातको समयमा अझै उत्कृष्ट भिजिबिलिटी उपलब्ध हुन्छ ।
नयाँ पल्सर २२० एफ एफआई बीएस६ को मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । फिचर अपग्रेडसँगै यो पहिले भन्दा २० हजार रुपैयाँ बढी मूल्यमा उपलब्ध भएको हो । हाल यसको बुकिङ र टेस्ट राइड समेत गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

  :