३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने अवसर



काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले चैत ६ गतेदेखि चैत ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु भएको छ।

यस अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु घर लैजान सकिने कम्पनीले जनाएको छ।

यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना भईरहेको छ ।

स्प्रिंग एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बम्पर लक्की ड्र मा आइफोन १७ प्रो पनि जित्न सकिने छ।

  :