२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नयाँ वर्षको अवसरमा बजाजको क्यूआर क्याम्पेन



काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने ’ भन्ने नारासहित‘ बजाज न्यू इयरको क्यूआर’ नामक योजना ल्याएको छ ।


यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै नभई पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुम लगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् । हरेक दिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्ने कम्पनीले जनाएको छ । यसका साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् । कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् ।

क्याम्पेन बारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौं ।”

बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुने जनाइएको छ । ग्राहकले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरु जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।

  :