काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईका कुनै पनि मोडलका सवारी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यसका साथै ग्राहकले थप आधादर्जन फाइदा पाउने छन् । जसमा थप ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस, १ वर्षको बीमा र सवारी कर निःशुल्क पाउने छन् ।
कम्पनीले ग्राहकलाई आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानोे गाडीसँग हुन्डाईको नयाँ गाडी एक्सचेन्ज सुविधा पनि दिएको छ ।
कम्पनीले यस अफरलाई अझ आकर्ष बनाउँदै बिक्रीपछिका सेवाहरू भरपर्दो बनाएको छ । यसअन्तर्गत ग्राहकले ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पाउने छन् ।
हुन्डाई नेपालले पछिल्लो २ वर्षदेखि नेपालमै सवारी एसेम्बल गर्दै आएको छ । कम्पनीका लोकप्रिय मोडल क्रेटा र भेन्यु नेपालमै एसेम्बल हुँदै आएका छन् ।









प्रतिक्रिया