२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

ओमोडा जेइको र आईकार मोडलहरूमा ११ वर्षे वारेन्टीको घोषणा



काठमाडौं । नेपालका लागि ओमोडा जेइको र आईकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडलहरूमा ब्याट्री र मोटर कम्पोनेन्टहरूमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ। यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रमहरू मध्ये एक भएको कम्पनीले जनाएको छ ।


हाल ओमोडा जेइको र आईकारका सवारी साधनहरूमा ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको स्ट्याण्डर्ड म्यानुफ्याक्चरर वारेन्टी उपलब्ध छ। नयाँ ल्याइएको विस्तारित वारेन्टी अर्थात एक्सटेन्डेड वारेन्टी कार्यक्रम अन्तर्गत, अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ। हाल कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध थियो ।

यो विस्तारित वारेन्टी ओमोडा ई५, जेइको जे५, जेइको जे६टी र आईकार भी२३ मोडेलहरूमा उपलब्ध छ, जसले ग्राहकको आत्मविश्वास बढाउने र ईभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास कम्पनीको छ ।

  :