काठमाडौं । नेपालमा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले अप्रिल महिनामा पन्च ईभी किन्नेमध्ये तीन जना ग्राहकलाई लक्की ड्रमार्फत छनोट गरेर आइपीएलको लाइभ म्याच हेर्न भारत लैजाने भएको छ ।
कम्पनीले ल्याएको ‘डबल चौका अफर’ मा लक्की ड्रमा छनोट भएका ३ जनाले आफुसँग अर्को एक जना पनि लैजान पाउने छन् । यो स्कीममा ८ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर पन्च ईभीको टप भेरियन्ट किन्न पाइनेछ ।
टाटा पन्च ईभीको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसको २० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्न सकिन्छ । अहिले बैंकको ब्याजदर पनि निकै न्यून रहेको कारण मासिक किस्ता पनि केही कम नै पर्नेछ ।
सुरक्षाको हिसाबले पनि पन्च ईभीलाई अब्बल मानिन्छ । यसले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले टर्क भने १९० एनएम प्रदान गर्छ । यस्तै टाटाले आफ्नो माइक्रो एसयूभीमा ३५ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।









प्रतिक्रिया