१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बैशाख ४ देखि ८ सम्म जिली ईएक्स५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलको हुने



काठमाडौं । जिली ईएक्स५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनका आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बैशाख ४ देखि ८ सम्म काठमाडौँको गैरीधारास्थित जिली शोरुममा बहुप्रतिक्षित ५ दिने “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” आयोजना गर्ने भएको छ।


हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्निभल सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । देशका कुनै पनि अटोमोबाइल कम्पनीको शोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पहरूमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला भएको कम्पनीको भनाइ छ । काठमाडौँको मुटु गैरीधारामा अवस्थित करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शोरुम उद्योगकै ठूला शोरुमहरूमध्ये एकको रूपमा स्थापित छ। यस कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो।


कार्निभलमा ग्राहकहरूले उत्कृष्ट बजार मूल्याङ्कनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् भने तुरुन्तै फाइनान्सिङ सुविधा तथा जिली ईएक्स५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडलहरूमा विशेष पहुँचसमेत प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।

आकर्षक नगद छुटका साथै ग्राहकहरूले १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर ९फिस्कल इयर ट्याक्स० को व्यवस्था, र निःशुल्क २ इन१ अनुकूल चार्जर जस्ता थप लाभहरू पनि प्राप्त गर्नेछन्।

  :