काठमाडौं । नेपालमा एमजी ईभीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले इलेक्ट्रिक एसयूभी, एमजी एस सिक्स चाँडै नै सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आगामी एक महिनाभित्रै नेपाली बजारमा यो नयाँ मोडल सार्वजनिक गर्ने लक्ष्य राखेको छ । नेपालभर एमजीका १४ ओटा शोरुम सञ्चालनमा छन् । कम्पनीले एक महिनाभित्र यो नयाँ ईभीको बुकिङदेखि विक्रि शुरु गर्ने भएको छ ।
एमजी एस ६ मा १८० किलोवाटको मोेटर ,७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जस्मा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जसले एक पटकको फुल चार्जमा करीब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ । जुन उक्त किमीमा डब्लुएलटिपी वल्डवाइड हार्मोनाईज्ड लाईट (ड्युटी भेहिकल्स टेस्ट प्रोसेड्युएर) भेरिफाईड रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया