१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

त्रिपुरेश्वरमा होन्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ थ्री एस शोरुम



काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले काठमाडौंको त्रिपुरेश्वरमा अत्याधुनिक प्रविधियुक्त नयाँ थ्री एस शोरुम शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेन्युइन स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शोरुमले राजधानीका ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ। आधुनिक सुविधा सम्पन्न उक्त शोरुममा होण्डाका मोटरसाइकल तथा स्कुटरको प्रदर्शन, टेस्ट राइड, सर्भिसिङ तथा बिक्रीपछिको सेवा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीका अनुसार थ्री एस अवधारणाले ग्राहक अनुभवलाई थप सशक्त बनाउनेछ । एउटै स्थानबाट सम्पूर्ण सेवा पाउने व्यवस्थाले ग्राहकको समय बचत हुनुका साथै आफ्टर सेल्स सपोर्ट पनि अझ प्रभावकारी हुने विश्वास कम्पनीको छ ।
होण्डा निकै चर्चित जापानीज मोटरसाइकल तथा स्कुटर ब्राण्ड हो । नयाँ शोरुम उद्घाटन समारोहमा होण्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होण्डा मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया पनि उपस्थित थिए ।

  :