काठमाडौं । एमजी एस सिक्स ईभी नेपाली बजारमा यही बैशाख २८ गते सार्वजनिक हुने भएको छ।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस सिक्स ईभी सार्वजनिक गर्न लागेको हो । एमजी एस सिक्स ईभी स्पेसियस मिड साइज पारिवारिक एसयूभी हो।
नयाँ एमजी ईभीमा ७७ किलोवाट आवर अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको शक्तिशाली मोटर छ। फुल चार्जमा ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। १५० किलोवाट अल्ट्रा फास्ट चार्जरबाट १०–८० प्रतिशत चार्ज हुन ३८ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
अल ह्वील ड्राइभ युक्त कारमा पाँच ड्राइभ मोड नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम छ। एमजी एस सिक्स ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी छ।
सुरक्षाका दृष्टिकोणले पनि एमजीको नयाँ ईभी ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ। कारमा सात वटा एयरब्याग छ।









प्रतिक्रिया