काठमाडौं । एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम एसयुभी एस सिक्स सार्वजनिक गरेको छ।
यो गाडीमा ७७ किलोवाटको ब्याट्री, मोटरपावर १८० किलोबाट रहेको छ । यस गाडीले एक पटकको फुल चार्जमा ५ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । १ सय ९६ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपाली बाटोका लागि निकै उपयुक्त हुने पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यो गाडीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ। सुरक्षाको हिसाबले यस गाडीलाई एन क्यापले फाइभस्टार रेटिङ दिएको छ।









प्रतिक्रिया