काठमाडौं । मधेश प्रदेशको जनकपुरको मिल्स एरियामा नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले प्रिमियम इलेक्ट्रीक स्कुटर ब्राण्ड एथरको नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने उद्देश्यले उक्त एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो ।
यससँगै एथर नेपालका अब देशभर १० वटा एक्सपेरियन्स सेन्टर पुगेका छन्। जसमा काठमाडौं उपत्यकाभित्र ५ वटा, पोखरा, चितवन, इटहरी र बुटवलमा रहेका छन् ।
ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा अधिकृत सेवा केन्द्र पनि सञ्चालन गरिरहेको छ। एथरले नेपालकै दुईपाङ्ग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।
जनकपुर एक्सपेरियन्स सेन्टरमा एथरको ४५० सिरिज र आधुनिक परिवारमुखी एथर रिज्टा उपलब्ध हुनेछ । जहाँ ग्राहकले एथरका स्कुटर खरिदबिक्री, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा लगायत सेवा पाउने छन् ।
कम्पनीले नयाँ शोरुम उद्घाटनको अवसरमा जेठ ४ गतेसम्म ग्राहकलाई विशेष अफर दिएको छ । यस अफर अन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र अतिरिक्त एक्सचेञ्ज मूल्याङ्कन सुविधा पाउने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया