काठमाडौं–सीजी मोटर्सले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यले ‘आजदेखि महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।
६ दिनसम्म चल्ने उक्त कार्निभलमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिएका छन् ।
नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गर्न लागेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन् ।
व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायाततर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि भएको कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया