१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

एमजी हेक्टर नेपाली बजारमा




काठमाडों । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर नेपालमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित कार्यक्रममा कम्पनीले नयाँ एमजी हेक्टर सार्वजनिक गरेको हो ।


नयाँ एमजी हेक्टरमा उन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक एक्सटेरियर समावेश गरिएको कम्पनीले जनाएको छ ।

आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो क्याबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ ।

सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए । एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रुपैयाँ शुरुवाती मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो एसयूभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ ।

  :